News

कैलाली–कञ्चनपुरमा ३८० सीमास्तम्भ गायब

कैलाली–कञ्चनपुरमा ३८० सीमास्तम्भ गायब

काठमाडौंः नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा सीमा विवाद समाधान गर्न सकेको छैन । दुई देशका सरकारबीचको सहमतिमा तीन वर्षयता दुईवटा संयुक्त सर्भे टोली सीमा अद्यावधिक गर्न खटिए पनि विवाद भने उस्तै छ ।

कैलालीको फूलबारी, भजनी, खक्रौला तथा कञ्चनपुरको पुनर्वास, बेलौरी, प्याराताल, ब्रह्मदेवलगायतका ठाउँमा वर्षौँदेखि दुई देशबीच सीमा विवाद छ । यी ठाउँमा नेपाली भूमिलाई भारतीयले दाबी गरेपछि विवाद देखिएको हो । 

नेपाली सर्भे टोली प्रमुख नापी अधिकृत जनकराज भट्टका अनुसार सर्वेक्षण गर्दा कैलाली र कञ्चनपुरमा मुख्य र सहायक गरी तीन सय ८० वटा स्तम्भ हराएका पाइएको थियो । कैलालीमा एक सय ३३ र कञ्चनपुरमा दुई सय ४७ स्तम्भ हराएका पाइएको हो । सर्भे टोलीले तीमध्ये विवाद नरहेका ठाउँमा आठवटा मुख्यसहित ४९ वटा नयाँ सीमा स्तम्भ राखेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

सीमा कैलाली कञ्चनपुर

विशेष