News

बिहान उठ्नेबित्तिकै गर्नुहोस यी काम, चम्किने छ भाग्य

बिहान उठ्नेबित्तिकै गर्नुहोस यी काम, चम्किने छ भाग्य

बिहान उठेर तपाई केके गर्नुहुन्छ ?  फ्रेस हुने, चिया पिउने आदि,  यदि यस्ता कामहरु गर्नुभएको छैन भने अब देखि बिहान बिहान उठेर  गर्नुहोस् । तपाईको घरमा कहिल्यै पनि पैसाको कमी हुनेछैन र भाग्य चम्किने छ ।

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

ज्योतिष विज्ञानका अनुसार मानिसहरुले त्यस्ता पुराना परम्पराहरुको ध्यान आज पनि राखेमा त्यसबाट सकरात्मक फलहरु पाइन्छन । बिहान सबेरै यस्ता परम्परागत काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा रहने मान्यता रहेको छ ।  

 उठ्नासाथ हत्केला हेर्ने 

बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नाले महालक्ष्मी, सरस्वतीको साथमा भगवान् विष्णुको कृपा समेत मिल्ने मान्यता रहेको छ।   

भुमिलाई प्रणाम गर्ने

बिहान पलङबाट खुट्टा भुँईमा राख्नभन्दा पहिले भुमिलाई प्रणाम गर्नु आवश्यक छ ।  साथमा क्षमा पनि माग्नुपर्छ किनभने धर्तीमा खुट्टा राख्नाले हामीलाई दोष लाग्छ ।

मन्दिर सफा राख्ने 

घरको मन्दिरमा मुर्ति र पुजाको सामान सही ढंगले सजाएको हुनपर्छ । यसबाट देवीदेवता प्रशन्न हुन्छन् र कुन्डलीको दोष पनि शान्त हुनसक्छ ।

सुर्यलाई जल चढाउने

सधैं बिहान सुर्यलाई जल चढाउनु आवश्यक छ। यस उपायबाट घरपरिवार र समाजमा मान सम्मान पाईनुका साथै सुर्यसँग सम्बन्धित दोषबाट पनि मुक्ति पाईन्छ।  

गाईलाई रोटी खुवाउने 

अरेक दिन बिहान गाईलाई रोटी खुवाउदा पनि लक्ष्मीको कृपा जीवनमा रहिरहन्छ।  

 

बिहान

विशेष