मौरीको टोकाईबाट एक बालकको मृत्यु, ५ घाइते
सर्लाही: वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
बुधबार साँझ खेतमा काम गर्ने क्रममा वनमौरीले टोकेर गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको हो । त्यस्तै मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि बुधवार राति नै मंगलावा अस्पताल लगिएको छ । घाइतेको शरीरको विभिन्न भागमा मौरीले टोकेको स्थानीय हरदास यादवले जनाएका छन।
मौरीको टोकाई