चीनिया लगानी सेतो हात्ती बराबर
एजेन्सी । सोमबार श्रीलंकामा गोताबय राजपाक्षेले राष्ट्रपतिको सपथ लिए । जुन चीनको अपेक्षा नै थियो । उनीमूनि उनका भाइ महिन्दा राजापाक्षे प्रधानमन्त्री हुनेछन् । यससँगै श्रीलंकाले ७ बिलियन बराबरको ऋण रकम सुरक्षित गरेको छ ।
तर चीनिया लगानीका सबै विमानस्थल सेतो हात्ती बराबर छन् । २१० मिलियन डलर खर्चमा विमानस्थल बनेपनि अहिले कुनै व्यवसायिक उडान छैनन् । चीनले ३५ हजार दर्शक अट्ने क्षमताको क्रिकेट स्टेडियम बनाएपनि प्रायः त्यहाँ खेल सञ्चालन भएका हुन्नन् । खर्च गरिएको केही रकम चिनको बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बिआरआइ)बाट भएको देखिन्छ ।
पश्चिमा देशहरु चीनको बिआरआई परियोजना तिर्न नसक्ने हुँदा पनि ऋण दिएर सम्बन्धित देशको स्रोत र साधन कब्जा गर्नु रहेको भनी आलोचना गर्दै आएका छन् । जसको गतिलो उदाहरण श्रीलंकाको दक्षिणी भागको ह्याम्बान्तोता पोर्ट हो जहाँबाट एशिया र युरोपमा व्यापार हुँदै आएको छ । किनीकी सन् २०१७ को डिसेम्बरमा श्रीलंकाले १.४ बिलियन डलर बराबरको सो पोर्ट निर्माण गर्न नसकेपछि ९९ वर्षलाई चीनलाई हस्तान्तरण गरिएको छ ।
धेरै परियोजना जस्तो कि ३५० मिट लोटस टावर निर्माणमा भ्रष्टाचार घुसेको छ । दक्षिण एशियाको अग्लो कम्युनिकेशन टावर निर्माण पनि सुरु हुन सकेको छैन । राजापाक्षे चिनियासँगको भ्रष्टाचारमा रुचाइएका व्यक्ति हुन् । उनको भनाइमा उनीहरु चिनियासँग उधारोमा रकम लिन बाध्य छन् । तर थिंक ट्यांक अरुण बेरीका अनुसार चिनिया लगानीको कोलम्बो इन्टरनेशनल कन्टेनर टर्मिनल नाफामा छ ।
चिनिया ऋणमा चुर्लम्मै डुबेको श्रीलंका राजापाक्षेको बहिर्गमनसँगै केही परियोजनामा भारत, अमेरीकाको समन्वय गर्न खोज्दै थियो तर अब त्यो पनि अन्त्य हुनेछ । किनकी चीन श्रीलंकाको ठूलो व्यवसायिक लगानीकर्ता हो ।