विदेश

जासुसी गरेको भन्दै भारतीय जोडी पक्राउ, १० वर्ष जेल हुन सक्ने!

जासुसी गरेको भन्दै भारतीय जोडी पक्राउ, १० वर्ष जेल हुन सक्ने!

बर्लिन – जर्मनीमा भारतीय एक जोडीलाई त्यहाँकाे प्रहरीले पक्राउ गरी अनुसन्धान थालेकाे छ।  शिख र कश्मिरी समुदायको जासुसी गरेको आरोपसहित उक्त जाेडी पक्राउ परेकाे हाे।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ५० वर्षीय मनमोहन एस र उनकी पत्नी ५१ वर्षीया कन्वल जित कौर पक्राउ परेका हुन् । फ्रांकफर्टस्थित अदालतले उनीहरुका गतिविधिबारे अनुसन्धान गरेको जनाएको छ ।

केही समयअघि सार्वजनिक एक रिपोर्टमा उनीहरुले जासुसी गरेको उल्लेख गरिएपछि उनीहरु शंकाको दायरमा परेका हुन् । मनमोहनले जर्मनीमा रहेका शिख र कश्मिरी समुदायका आफन्तबारे व्यक्तिगत जानकारी भारतीय अनुसन्धान विभाग ‘र’का कर्मचारीलाई उपलब्ध गराएको बताइएको छ ।

२०१७ जुलाइदेखि डिसेम्बरसम्म भएका भारतीय जासुसी अधिकारीहरुसँगको मासिक बैठकमा मनमोहनकी पत्नी पनि सहभागी भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । जुन बैठकमा सहभागी भए वापत उनीहरुले मोटो रकम पाउने गरेको बताइएको छ । उनीहरुमाथिको आरोप यदी सही सावित भए १० वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ ।

विशेष