नेपाली भूमी कब्जा गरेर भारतीयको खेती
झापा: नेपाली भू–भाग मिचेर सीमा पश्चिम सार्दासमेत चित्त नबुझेका भारतीयले अहिले उनीहरु आफैंले कायम गरेका नयाँ सीमास्तम्भ वरिपरिको दशगजा क्षेत्र मिचेर आलुखेती गरिरहेका छन् ।
गौरीगन्ज गाउँपालिका साविक आमगाछी–४ मा यस्तो अवस्था रहेको छ ।
सोही स्थानको खेलमैदानपूर्व पनि भारतीय पक्षले दशगजा क्षेत्र मिचेर मकैखेती गरिरहेका छन् ।
भारतीय पक्षबाट सीमा पश्चिम सारिएपछि अहिले आमगाछीको पचासौं बिघा जमिन भारतीयको कब्जामा रहेको स्थानीयले बताएका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्रमा उत्तम नेपालले लेखेका छन् ।
नेपाली भूमि कब्जा