News

लागुऔषध काराेबारमा संलग्न एक महिलासहित तीन जना पक्राउ

लागुऔषध काराेबारमा संलग्न एक महिलासहित तीन जना पक्राउ

काठमाडाैँ – प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रित मनोद्विपक पदार्थ ५१९४ एम्पुल र लागू औषध नाईट्रोजेपाम (नाईट्रोभेट) ५५५० ट्याब्लेट सहित ३ जना लाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौंको रत्नपार्कस्थित सडक किनारबाट मकवानपुर, थाहा गाउँपालिका–२ बस्ने वर्ष ५५ को रमेश शिवभक्तीलाई नियन्त्रित मनोद्विपक पदार्थ डाईजेपाम १९४ एम्पुल, ब्रुफेनोर्फिन १९० एम्पुल र फेनारगन १८९ एम्पुल सहित पक्राउ गरेको हो।

यस्तै, काठमाडौंकै बालकुमारी पुलबाट काभ्रेपलाञ्चोक साविक होक्से गाविस–८ हाल चन्द्रोदयपुर गाउँपालिका– ५ बस्ने वर्ष २४ को धनवहादुर वाईवा र मकवानपुर ईन्द्रसोवर गाउँपालिका– ३ सिस्नेरी बस्ने वर्ष ३६ की सुनिता गोलेको साथबाट नियन्त्रित मनोद्विपक पदार्थ डाईजेपाम १४८७ एम्पुल, ब्रुफेनोर्फिन १५६४ एम्पुल, फेनारगन १५७० एम्पुल र लागू औषध नाईट्रोजेपाम (नाईट्रोभेट) ५५५० ट्याब्लेट सहित पक्राउ गरेको हो।

पक्राउ परेका रमेश शिवभक्ती र धनवहादुर वाईवा यस पूर्व पनि लागू औषध कारोवारमा संलग्न रहेको र नेपाल भारतको सिमा नाकाबाट नियन्त्रित मनोद्विपक पदार्थ काठमाडौं भित्र्याउने मुख्य व्यक्तिहरु रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरू माथि लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ।

विशेष