News

यस्तो छ ७७ जिल्लाका सिडिओको रिपोर्टकार्ड, ए प्लस ल्याउने ५ मात्रै

यस्तो छ ७७ जिल्लाका सिडिओको रिपोर्टकार्ड, ए प्लस ल्याउने ५ मात्रै

काठमाडौंः प्रधानमन्त्री केपी ओलीले सबै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेर जिम्मेवार तोकेका छन् । अहिले सबैजसो मन्त्रालयमा कार्यसम्पादन सम्झौता हुन थालेको छ। यसको सुरुवात भने गृह मन्त्रालयबाट भएको थियो ।

मन्त्रालयले महाशाखाका प्रमुख तथा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सिडिओ) सँग गत वर्ष सम्झौता गरेको थियो । माघदेखि असारसम्मको कार्यसम्पादन मूल्यांकन गरेर मन्त्रालयले सिडिओहरुको प्राप्तांक, प्रतिशत र ग्रेडिङ गरेको छ । 

यसबाट सिडिओहरुबीच काममा प्रतिस्पर्धाको भावना बढ्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले तयार गरेको ७७ जिल्लाका सिडिओहरुको रिपोर्टकार्डअनुसार पाँच जिल्लाका सिडिओले ए प्लस ग्रेड ल्याएका छन् ।

त्यसैगरी ३५ जिल्लाका सिडिओले ए, २८ जिल्लाका सिडिओले बी प्लस, ६ जिल्लाका सिडिओले बी र तीन जिल्लाका सिडिओले सी प्लस ग्रेड प्राप्त गरेका छन्।

बर्दियाका सिडिओ रामबहादुर कुरुम्बाङ, अर्घाखाँचीका प्रेमलाल लामिछाने, रसुवाका कृष्ण पौडेल र अर्जुन भण्डारी, चतिवनका जितेन्द्र बस्नेत र रुपन्देहीका उदय राना र अर्जुन पोखरेलले ए प्लस ग्रेड ल्याएका छन् । गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले पछिल्लो सयम सिडिओहरुबीच प्रतिस्पर्धा बढेको बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।  

केपी ओली सिडिओ रिपोर्टकार्ड

विशेष