News

शिक्षामन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

शिक्षामन्त्री पोखरेलसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता

काठमाडौंः शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गरेका छन् । 

कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा. मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ ।  

त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा. मोहम्मद अब्दुल वाहेदसँगको भेटवार्तामा दुई पक्षीय शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरलेका निजी सचिव विनोद न्यौपानले जानकारी दिए । त्यस क्रममा कतार सरकारले नेपालमा प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।  

भेटवार्ता गिरिराजमणि पोखरेल कतार मलेसिया

विशेष