घरमा आगलागी हुँदा ४ वर्षीय बालकको मृत्यु

उदयपुरः जिल्लाको त्रियुगा नगरपालिका–१६ रातापानी बस्ने चन्द्रबहादुर राईको घरमा आगलागी हुँदा एक बालकको मृत्यु भएको छ ।
बिहीबार दिउँसो ३ बजे घरमा कोही नभएको बेला आगलागी हुँदा राईका छोरा ४ वर्षीय विष्णु बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।
तीन बालबालिका घरमा खेलिरहेका बेला विष्णुले लाइटर बालेपछि आगलागी भएको जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी हरि कृष्ण केसीले बताए।
‘अर्का दुई भाइ भाग्न सफल भएछन् र विष्णु लडेपछि भाग्न नसकेको रहेछ’ डिएसपी हरि कृष्ण केसीले भने । विष्णुको पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुर लगिएको छ । स्थानीयवासीले आगो निभाए पनि विष्णुले ज्यान गुमाइसकेका थिए ।
उदयपुर आगलागी बालक