अब बेलुका ८ बजेपछि मात्र टिपर चलाउन पाइने

काठमाडौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले काठमाडौं उपत्यकामा अबदेखि बेलुका ८ बजेपछि मात्र टिपर चलाउन निर्देशन दिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै टिपर चालकलाई यस्तो निर्देशन दिएको हो । काठमाडौं उपत्यका प्रवेश गर्न टिपरलाई बेलुका ८ बजेअघि पूर्ण रुपमा निषेध गरिएको मन्त्रालयले जानकारी दिएको छ ।