News

भारतको ‘भ्रम’ : काली उहीं छ, नक्साबाट नाम मात्र झिकियो

भारतको ‘भ्रम’ : काली उहीं छ, नक्साबाट नाम मात्र झिकियो

काठमाडौँ।  नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ, मात्र नाम झिकिएको छ।  

जम्मु कश्मीरलाई दुई प्रान्तमा विभाजन गरेपछि जारी नक्सामा भारतले काली नदीलाई पुरानै स्थानमा राखेको थियो। लिम्पियाधुरालाई काली नदी मुहान स्वीकार गरेको थियो। सर्भे अफ इन्डियाले तीन साता नबित्दै नवौं संस्करणको नक्सा बाहिर ल्याएको हो।

भारतले नक्सालाई उलटपुलट गर्दै नेपाली भूमि अतिक्रमण गरिरहेको छ। सुगौली सन्धिमा नेपालको पश्चिमी सीमा काली नदी स्पष्ट छ। सन् १८५६ सम्म जारी नक्सामा काली नदीको मुहान अर्थात् लिम्पियाधुरासम्मकै भूभाग नेपाली भएको प्रस्ट थियो।

सीमाविद् पुण्यप्रसाद ओलीले भारतले नक्सा बंग्याएर नेपाली भूमि अतिक्रमण गरेको विषय नयाँ नभएको बताए। 

यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन।  

भारतको भ्रम

विशेष