News

बिदेशी लगानीमा फड्को, १५९ प्रतिशतले बढ्यो लगानी

बिदेशी लगानीमा फड्को, १५९ प्रतिशतले बढ्यो लगानी

काठमाडौँ।  गत आर्थिक वर्षमा तुलनात्मक रूपमा कम विदेशी लगानी भित्रिएकोमा चालू आर्थिक वर्षमा भने यसको प्रवृत्तिमा व्यापक सुधार देखिएको छ ।

लगानी रकमका हिसाबले चालू आवको तीन महिनाभित्रै नेपालले करिब चार अर्ब रुपियाँ भित्र्याएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पहिलो त्रैमासको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १५८.७ प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिसम्म नेपालले एक अर्ब ५४ करोड ३२ लाख रुपियाँ विदेशी लगानी प्राप्त गरेको थियो ।

गत आर्थिक वर्षभर नेपालले कुल १३ अर्ब सात करोड रुपियाँ विदेशी लगानी भित्र्याएको थियो । जुन त्यसअघिको आव २०७४÷७५ को तुलनामा ७४.६ प्रतिशतले कम थियो । विदेशी लगानीमा भएको गिरावटको प्रवृत्तिमा सुधार गर्दै समीक्षा अवधिमा साढे दुई गुणाभन्दा बढी लगानी नेपाल भित्रिएको हो ।

यो समाचार आजको नेपालसमाचारपत्रमा प्रकाशित छ।  

बिदेशी लगानी

विशेष