डोटीमा बस दुर्घटनाः एकको मृत्यु, ३५ जना घाइते

डोटी– डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक शनिबार बिहान बस दुर्घटना भएको छ ।
महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना७ख ६१८१ नम्वरको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३५ जना घाइते भएका छन् । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बाजुरा बाह्रबीसका ५१ वर्षीय नयाँ सेरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस शनिवार बिहान ५ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब २५ मिटर तल खसेको थियो ।
डोटी बस दुर्घटना