News

आज काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षको न्यून

आज काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षको न्यून

काठमाडौँ।   काठमाण्डौको तापक्रम शनिबार यो वर्षकै कम मापन गरिएको छ । शनिबार बिहान काठमाण्डौको तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसअघि गएको कात्तिक १० गते काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको थियो । 

काठमाण्डौमा शनिबार दिउँसो तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै डडेलधुराको तापक्रम बिहान हिजोकोभन्दा ४ डिग्री सेल्सियस घटेको छ । शुक्रबार ८ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको डडेलधुराको तापक्रम शनिबार बिहान ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको हो । 

यसैबीच शनिबार, आइतबार र सोमबार देशभरि कै मौसम पूर्णरुपमा नखुल्ने भएकाले अझै चिसो बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको असरले अबको तीन दिन देशभरि कै मौसम एकैछिन खुलिहाले पनि फेरि बादल लागिहाल्ने भएकाले चिसो हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । 

मौसम

विशेष