News

यी राशि हुनेहरुसंग प्रेम र विवाह नभएकै राम्रो, थाहा पाईराखौं

यी राशि हुनेहरुसंग प्रेम र विवाह नभएकै राम्रो, थाहा पाईराखौं

ज्योतिषशास्त्रका अनुसार कुनै पनि मानिसको  व्यवहार र प्रकृति उसको राशि अनुसार फरक फरक हुने गर्छ ।  ज्योतिषशास्त्रमा राशिको प्रभावदेखि विवाह अनि प्रेम सम्बन्धको बारेमा पनि उल्लेख गरिएको हुन्छ।  केहि राशिका बिचमा मित्रता गर्नु या सम्बन्ध गास्नुलाई ज्योतिषशास्त्रमा राम्रो मानिदैन

प्रत्येक राशिको आफ्नै केही भावनात्मक रोजाई र खुबी हुन्छन् । यसै आधारमा केही राशि जो एक–अर्काको शत्रु मानिएको छ, त्यस्तै केही राशिहरुमा सम्बन्धमा निक्कै लगाव रहने हुन्छ । राशिमा कतिको विश्वास गर्नुहुन्छ ? गर्नुहुन्छ भने यी कुरा जान्नुहोस्,  जुन राशिहरुबीच प्रेम वा विवाह नभए नै राम्रो मानिन्छ ।

मेष र कर्कट 

मेष राशिका मानिसहरु अलि बढी प्राक्टिकल स्वभावका हुन्छन भने कर्कट राशिका मानिसहरु इमोशनल। यसै कारणले गर्दा पनि यी दुई राशिका बिचको प्रेम सम्बन्ध तथा विवाह धेरै टिक्न सक्दैन।  

कुम्भ र कर्कट 

कुम्भ राशिका मानिसहरु हरेक क्षेत्रमा क्रियाशील हुन्छन यसका अलावा कर्कट राशी हुनेहरु मुडी।  यी दुई राशी भएकाहरु आफ्नै सुरका हुने भएकाले यिनीहरु बिचको सम्बन्ध पनि खासै टिक्न नसक्ने ज्योतिषशास्त्रमा उल्लेख छ।    

सिंह र वृष

वृष राशी भएकाहरु जीवनलाई सहज तरिकाले सेक्युर लाईफ जिउन चाहन्छन। जबकि सिंह राशि हुनेहरु हरेक समय रिस्क लिन चाहन्छ। त्यसैले यी दुईको जोडी धेरै समय टिक्न सक्दैन।  

वृश्चिक र मेष

यी दुवै राशिका मानिस जीवनमा स्वतन्त्र भएर बाँच्न चाहन्छन।  अरुको किचकिच र बन्धनमा बस्न नासकें भएका कारण यिनीहरुको पनि सम्बन्ध धेरै दिन टिक्न सक्दैन।  

कुम्भ र वृष

कुम्भ राशि हुनेहरु खुलेर आफ्ना विचार राख्न मन पराउछन भने वृष राशी हुनेहरु अलि घुसघुसे स्वभावका हुन्छन।  यहि स्वभाव नै यी दुईबीच कलहको कारण बन्न सक्छ।  

मिथुन र  कन्या

मिथुन राशी हुनेहरु झट्ट निर्णय लिन सक्दैनन जबकी कन्या राशी हुनेहरु तुरुन्तै ठोस निर्णय लिन सक्षम हुन्छन। यसै कारणले यी दुईको जोडी खासै जम्न सक्दैन।    

 

राशि

विशेष