प्रधानमन्त्री ओली फेरि डायलासिसका लागि पुगे ग्राण्डी अस्पतालमा, कस्ताे छ अवस्था?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई डायलासिसका लागि आइतबार अपराह्न ग्राण्डी अस्पताल गरिएको छ । अस्पताल पुगेका ओलीको नियमित स्वास्थ्य परीक्षणपछि डायलासिस सुरु भएको हो ।
निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार नियमित डायलासिसका लागि अस्पताल लगिएको जानकारी दिएकी छन् । डायलासिस सकिएपछि प्रधानमन्त्री आजै बालुवाटार फर्किने उनको भनाइ छ । ओलीको चौथो पटक डायलासिस सुरु भएको हो ।
प्रधानमन्त्री ओली गत भदौमा दुई हप्ता लामो उपचारपछि २० गते स्वदेश फर्किएका थिए । त्यसअघि साउनमा पनि उपचारका लागि ९ दिन सिंगापुर बसेका थिए ।