विश्वविद्यालयका लेखापाल २५ हजार घुससहित पक्राउ
बुटवल । रुपन्देहीका रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका लेखापाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले लेखापाल रत्नेश्वर तिवारीलाई आइतबार २५ हजार घुससहित कार्यकक्षबाटै पक्राउ परेको हो ।
विश्वविद्यालयका लागि आवश्यक सामग्री खरिद गर्दाको कमिसन लिँदै गर्दा पक्राउ गरिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।
तिबारीले स्थानीय व्यापारीसँग कार्यालय कमिसन मागेका थिए । सोही सूचनाको आधारमा नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।