News

ग्राण्डी अस्पतालमा एक जनाकाे गयाे ज्यान, अस्पतालमा तनाव

ग्राण्डी अस्पतालमा एक जनाकाे गयाे ज्यान, अस्पतालमा तनाव

काठमाडौं, ८ मंसिर । धापासीस्थित रहेको ग्राण्डी इन्टरनेसनल अस्पतालमा फेरि एक ब्यक्तिको ज्यान गएको छ। दाङ घर भइ काठमाडौंमा बस्दै आएका ३६ वर्षीय कृष्णप्रसाद अधिकारी स्वास्थ्यमा सामान्य समस्या आएपछि गत आइतबार धापासीस्थित ग्राण्डी अस्पताल पुगे ।

अस्पतालमा डाक्टरसँगको परामर्शपछि उनले रगत परीक्षण गरे । रगत परीक्षणसँगै डाक्टरले एन्टिबायोटिक पनि खान सुझाब दिएको अधिकारीका साथी रमेश उप्रेतीले बताए ।  

एन्टिबायोटिक सेवनपछि उनको स्वास्थ्य समस्या झन जटिल बन्यो । विहीवार उनी अस्पतालमै भर्ना भए । यही बेला उनको रगतको रिर्पोट पनि आयो । रिर्पोटले डेंगु भएको देखायो । उपचार कै क्रममा आइतबार कृष्णप्रसाद अधिकारीको मृत्यु भएको छ । उनको मृत्यु भएपछि आफन्तले डाक्टरले अन्धधुन्ध औषधि चलाएकोले मृत्यु भएको आरोप लगाएका छन् । डाक्टरले लेखिदिएकै औषधिका कारण कृष्णप्रसादको मृत्यु भएको उनीहरुको दावी छ । 

मृतकका आफन्तले शब बुझ्न मानेका छैनन् । उनीहरुले उपचारमा लागेको खर्च छुट गर्न माग गरेका छन् । यस विषयमा दुई पक्षबीच छलफल भइरहेको छ । 

विशेष