लुम्बिनीमा चिनियाँ नीति: शान्तिपूर्ण तिब्बती बौद्धलाई नियन्त्रण गर्ने, मुस्लिम समुदायलाई फकाउने
कपिलबस्तु – चिनियाँ नागरिकहरूले बुद्धको जन्म स्थान लुम्बिनीमा आफ्ना गतिविधिहरू तीव्र बनाएका छन्। यद्यपि चीनले बुद्ध धर्मलगायत कुनै पनि धर्मको पालना गर्दैन । जसकारण उनीहरुलाई लुम्बिनीमा ३ ठूला भूखंडहरू दिइएको छ। जबकि जापान, म्यानमार, श्रीलंका जस्ता अन्य बौद्ध मान्ने देशहरूलाई सरकारले एक/एक भूखंड दिएको छ।
चिनियाँहरूले लुम्बिनीमा उपस्थिति बढाउँदै शान्तिपूर्ण तिब्बती बौद्धलाई नियन्त्रण गर्न खोजेको देखिएको जानकारहरु बताउँछन्। स्थानीयवासीका अनुसार चिनियाँहरूले लुम्बिनीलाई बौद्धकोबिरूद्ध जासुसी कामका लागि प्रयोग गरिरहेका छन् र लुम्बिनीमा उनीहरूको गतिविधिलाई समेत अनुगमन गरिरहेका छन्। यसबाहेक, चिनियाँहरूले लुम्बिनीको व्यापारमा पनि नियन्त्रण गर्न खोजेका छन्। जसका कारण स्थानीय नेपाली व्यापारीहरूले आर्थिक नोक्सानी भोगिरहेका छन्।
चिनियाँहरूले स्थानीय मुस्लिमहरूसँग नजिक हुने गतिविधि गरिरहेका छन्। चिनियाँ नागरिकहरुले त्यस क्षेत्रमा आफ्नो सिक्का जमाउनको लागि मुस्लिमहरुलाई साइकल वितरण, मुस्लिम महिलाका लागि ब्यूटी पार्लर, मुस्लिमका लागि सिलिइ मेशिनलगायत सामानहरु वितरण गरिरहेका छन्। लुम्बिनीमा मुस्लिम र चिनियाँहरुको एक खतरनाक समूह निर्माण हुन लागेको स्रोतको भनाइ छ। जसले हिन्दु र विशेष गरी लामो समयदेखि बौद्धलाई प्रतिकूल प्रभाव पार्न सक्ने बौद्ध धर्मालम्बीहरु बताउँछन्।
यस विषयमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत विष्णुप्रसाद ज्ञवालीसँग सम्पर्क गर्दा उनले यस विषयमा मलाइ केही जानकारी नभएकाे बताए। उनले भने,' कानूनअनुसार वितरण गर्ने बस्तुकाे बारेमा प्रशासनलाई जानकारी गराउँनु, कसकाे समन्वयमा वितरण गरेकाे हाे साे काे समेत जानकारी दिनु पर्छ।'