क्यानडामा पहिलाेपटक हिन्दू महिला मन्त्री
काठमाडौंः क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोले गठन गरेको नयाँ मन्त्रिपरिषदमा भारतीय मूलकी एक हिन्दू महिलाले पनि मन्त्री बन्ने मौका पाएकी छन् ।
युवा वर्गको समेत प्रतिनिधित्व गर्ने अनिता इन्दिरा आनन्द मन्त्री बनेकी हुन् । जसले क्यानडाको इतिहासमै हिन्दू धर्मावलम्वीको प्रतिनिधित्व गर्ने पहिलो मन्त्रीको छवि बनाएकी छन् ।
प्रधानमन्त्री जस्टिनले भने आफूले विविधतालाई महत्व दिएको प्रतिक्रिया दिएका छन् । क्यानडामा अरु तीनजना भारतीय मूलका नेता पनि मन्त्री बनिसकेका छन् । आनन्द अक्टोबर महिनामा पहिलो पटक सांसदमा निर्वाचित भएकी थिइन् । नयाँ–नयाँ मन्त्रिपरिषदमा उनलाई सार्वजनिक सेवा र खरीद मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
आनन्द ओन्तारिओस्थित ओक्भिल्लाबाट विजयी भएकी हुन् । जुन हिन्दू महिला पहिलो पटक विजयी भएकाले पनि यस क्षेत्रलाई ऐतिहासिक ठानिएको छ । कानूनको प्राध्यापक समेत रहेकी आनन्द टोरन्टो विश्वविद्यालयमा अध्यापन गर्छिन् । आनन्द नोभा स्कोटियाको केन्टभिल्ला सहरमा जन्मिएकी हुन् ।
उनका बावु–आमा दुबै स्वास्थ्य क्षेत्रमा थिए । उनकी आमा सरोज राम भारतको अमृतसरकी थिइन् भने बावु एसभी आनन्द तामिलनाडुका । क्यानडामा भारतीय समुदायसँग पनि आनन्द नजिकको सम्बन्ध राख्ने नेत्री मानिन्छिन् । जो ‘म्युजियम अफ हिन्दू सिभिलाइजेशन’को प्रमुख बनिसकेकी छिन् । आनन्दले एक सफल अनुसन्धाताको रुपमा पनि आफ्नो छवि बनाएकी छन् । क्यानडाको मन्त्रिपरिषद्मा आनन्द सात नयाँ मन्त्रीमध्ये एक हुन् ।