आमा माइतमा, बाल्टीमा डुुबेर शिशुको मृत्यु
कैलालीः बाल्टीको पानीमा डुबेर कैलालीमा एक शिशुको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर ८ का प्रेम तिमल्सिनाकी १५ महिनाकी छोरी गरिमाको शनिबार बाल्टीको पानीमा डुवेर मृत्यु भएको हो ।
गरिमाकी आमा २० बर्षीया राधिका र सासु–ससुराबीच झगडा भएपछि शनिबार बिहान राधिका १५ महिनाकी छोरीलाई घरमै छोडेर माईती घर गएकी र साझ फर्केर आउने क्रममा छोरी पानीमा डुवेको अवस्था भेटिएको प्रहरीले जनाएको छ ।
राधिका र उनकी सासुलाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको जनाएको छ ।
कैलाली शिशु