टेष्ट सिरिजः पाकिस्तानमाथि अष्ट्रेलियाको शानदार जित

टेष्ट सिरिजः पाकिस्तानमाथि अष्ट्रेलियाको शानदार जित

काठमाडौंः पाकिस्तान बिरुद्धको पहिलो टेष्टमा अष्ट्रेलिया एक इनिङसहित ५ रनले विजयी भएको छ । पहिलो टेष्टमा दोस्रो इनिङमा पाकिस्तान ३ सय ३५ रनमा अलाउट हुन पुग्यो ।

यसअघि, उसले पहिलो इनिङ्समा २ सय ४० रन बनाएको थियो । यता अष्ट्रेलियाले भने पहिलो इनिङ्समै ५ सय ८० रन बनाउन सफल भयो ।  

पाकिस्तानका लागि दोस्रो इनिङ्समा बाबर आजमले शतकीय इनिङ खेल्दै १ सय ४ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलमा मोहमद रिजवानले ९५, यासिर शाह, शन मसूदले समान ४२–४२ रनको योगदान दिए ।

बलिङमा अष्ट्रेलियाका लागि जोस हेजलवुडले ४, मिचेल स्टार्कले ३ विकेट लिए । अष्ट्रेलियाका लागि पहिलो इनिङ्समा मार्नस लाम्बुसानले १ सय ८५ रनको योगदान दिए ।

यस्तै ओपनर डेभिड वार्नरले १ सय ५४, जो बर्न्सले ९७, म्याथ्यू वेडले ६० रन बनाए । बलिङमा पाकिस्तानका यासिर शाहले सर्बाधिक ४ विकेट लिए । जीतसँगै अस्ट्रेलियाले २ खेलको शृङ्खलामा १–० को अग्रता लिएको छ ।

टेष्ट क्रिकेट सिरिज

संम्बधित खबर

विशेष