News

'विमती भए बालुवाटार बैठकमा किन नबोलेको ?'

'विमती भए बालुवाटार बैठकमा किन नबोलेको ?'

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको आरोपको खण्डन गरेका छन् । उनले प्रधानमन्त्री र सरकारलाई लगाएको आरोप सैह्य नहुने बताए । 

आइतबार पोखरामा पत्रकारसँग भेटघाट गर्दै मन्त्री बाँस्कोटले भारतको नयाँ नक्सा बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नता रहेको भन्नेहरुले कसरी भयो भन्ने कुरा प्रमाणसहित पेश गर्नुपर्ने बताएका थिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानीको विषयमा प्रधानमन्त्री ओलीलाई लगाएको आरोपको खण्डन गर्दै देउवा नै गलत रहेको बताए ।

चुनावी हारजीतसँग राष्ट्रियता नजोडन उनले सुझाए । उनले प्रमुख प्रतिपक्ष दलसमेत रहेको कांग्रेसका सभापतिले यस्तो कुरा गर्नु गलत रहेको बताउँदै भने, ‘यदी उहाँले सत्य बताउनुभएको नै हो भने, उहाँको विषयमा पनि हामीले गम्भीर प्रश्न उठाउनुपर्ने भयो ।’

राष्ट्रिय मुद्दामा गम्भिरतापूर्वक सरकार लागिरहेको बताउँदै उनले नाकाबन्दीको बेलामा एकशब्द बोल्न नसकेको कांग्रेस चुनावको समयमा ठूलो स्वर निकाल्दै चिच्याउन लागेको बताए ।

विशेष