News

किराना पसलमा चरेसको कारोबार

किराना पसलमा चरेसको कारोबार

काठमाडौं– मुगुकाे ३ वटा पसलमा चरेसकाे काराेबार भइरहेकाे खुलासा भएकाे छ। खत्याड गाउँपालिका–५ कवा भन्ने स्थानमा रहेको ३ वटा पसलबाट अवैध लागूऔषध चरेस १ केजी ६ सय २५ ग्रामसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ पसल परी बस्ने ४१ वर्षीय दलबहादुर विक, ललित जंग विक र ३९ वर्षीय देबि रोकाय रहेका छन्।

प्रहरी चौकी माझचौरबाट खटिएको प्रहरीले उनीहरुको पसल तलासी गर्दा दलबहादुरको पसलबाट १ सय ७५ ग्राम, ललितको पसलबाट ८ सय ग्राम र देबिको पसलबाट ६ सय ५० ग्राम अवैध लागूऔषध चरेश लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको हो।

त्यस्तै सिरहाको नबराजपुर गाउँपालिकास्थित फुलबरियाबाट लागूऔषध १ सय एमएलको डाईलेक्स डिसि ४६ बोतलसहित सोही गाउँपालिका सखवाना नकारकट्टि बस्ने २३ वर्षीय रन्धिर यादवलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ। सीमा प्रहरी चौकी झाझपट्टिबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो।

विशेष