News

धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जना पक्राउ

धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जना पक्राउ

काठमाडौं । सुनसरीको धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जना पक्राउ परेको छन् ।

पक्राउ पर्नेहरु सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले जानकारी दिए । त्यसमध्ये ३ जनाले आफूहरु केन्द्रीय सदस्य रहेको बताएको उनले बताए । 

‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाएर पर्चा, पम्पलेट बाँड्ने ९ जनालाई आइतबार नियन्त्रणमा लिइएको उनले बताए।पक्राउ परेका सबैलाई सोमबार म्याद थप गरी अभद्र व्यवहार र निर्वाचन ऐन अन्तर्गत थप अनुसन्धान सुरु गरिएको एसपी पोखरेलले जानकारी दिए ।

मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले उपचुनावको मिति घोषणा भए लगत्तै वक्तव्य जारी गरी बहिष्कार गर्ने चेतावनी दिएको थियो। देशभक्त जनगणतन्त्र मोर्चा पनि सोही पार्टीको हो । यही मंसिर १४ गते धरान उपमहानगरपालिकाको मेयर र एक वडाध्यक्ष पदका पनि लागि चुनाव हुँदैछ।

विशेष