News

वडाध्यक्षको घरमा बम बिस्फोट, कारमा क्षति

वडाध्यक्षको घरमा बम बिस्फोट, कारमा क्षति

कास्की।  मङ्सिर २४ गते हुन लागेको आसन्न प्रनिधिसभा सदस्य उपनिर्वाचन नजिकिँदै गर्दा कास्कीमा बम विस्फोटका घटना बाहिरिन थालेका छन।  

सोमबार बिहान २ बजेर ४५ मिनेटमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट भएको छ। बम विस्फोटबाट घर कम्पाउन्डमा पार्किङ गरि राखेको कारमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए।

विस्फोटबाट भएको क्षति विवरण खुलेको छैन। घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 

 

बम बिस्फोट कास्की

विशेष