News

काठमाडौं–तराई द्रुतमार्ग, पुल निर्माणको काम फागुनदेखि

काठमाडौं–तराई द्रुतमार्ग, पुल निर्माणको काम फागुनदेखि

काठमाडौँ ।  काठमाडौं–तराई/मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएको ३ महीनापछि नेपाली सेनाले सो द्रुतमार्गमा पर्ने ७१ ओटा पुल निर्माणका लागि टेन्डर आह्वान गर्ने भएको छ। आगामी फागुनदेखि उक्त द्रुतमार्गमा ७१ ओटा पुल निर्माणको काम शुरू गर्न सेनाले मंसिर १५ सम्ममा टेन्डर आह्वान गर्ने तयारी गरेको हो ।  

कुल ७२ दशमलव ५ किलोमीटर (किमी)को द्रुतमार्गमा बन्ने ८७ पुलमध्ये १६ ओटा विशेष पुल भने अन्तरराष्ट्रिय निर्माण कम्पनीले बनाउनेछन् । ती पुल निर्माणको काम भने आगामी चैतदेखि शुरू हुने भएको छ । पहिलो चरणमा नेपाली निर्माण कम्पनीले मात्रै बनाउने पुलहरू निर्माण कार्य अघि बढाउने गरी गृहकार्य भएको सेनाले बताएको छ । तर, यसअघि पुल निर्माणका लागि भएका सबै कामहरू रद्द गरी सेनाले नयाँ कार्यतालिका अनुसार फागुनदेखि पुल निर्माणको काम शुरू गर्ने भएको हो । 

द्रुतमार्गमा बन्ने १६ विशेष पुल प्राविधिक र भौगर्भिक रूपमा जटिल भएकाले अन्तरराष्ट्रिय निर्माण कम्पनीबाट निर्माण हुनेछ ।

यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।  

काठमाडौं–तराई द्रुतमार्ग

विशेष