News

९ लाख नगदसहित २२ जुवाडे प्रहरी नियन्त्रणमा

९ लाख नगदसहित २२ जुवाडे प्रहरी नियन्त्रणमा

काभ्रे– जिल्ला प्रहरी कार्यालय काभ्रेले जुवा खेलिरहेका अवस्थामा २२ जनालाई गएराती पक्राउ गरेको छ ।

एसपी जयराज सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलिले जुवा खेलिरहेका २२ जनालाई नियन्त्रणमा लिई ९ लाख रुपैया बरामद गरेको छ । जिल्ला प्रहरीले एकै पटक यति धेरै सख्यमा पक्राउ गरेको पहिलो पटक हो ।

धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित महेस रानाभाटको घरबाट उनिहरुलाई पक्राउ गरिएको हो । प्रहरीले राती घर घेराउ गरि नियन्त्रणमा लिन खोजे पछी भाग्न खोजेको उक्त समुहलाई प्रहरीले हतियार तेर्स्याएर नियन्त्रणमा लिएको थियो ।

जुवाडेहरुले लुकाएर राखेको रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

जुवाडे पक्राउ

विशेष