News

हात्ती धपाउन लगाईएको तारमा करेन्ट लागेर मामा-भान्जाको मृत्यु

हात्ती धपाउन लगाईएको तारमा करेन्ट लागेर मामा-भान्जाको मृत्यु

झापा ।  झापाको बुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाईएको विद्युतीय तारवारमा परि शनिवार मामा भान्जाको मृत्यु भएको छ।  मृत्यु हुनेमा बुद्धशान्ति–४ का १८ वर्षीय अविनाश राई र उनका मामा भोजपुर निवासी ३५ वर्षीय मनिराम राई रहेको प्रहरीले जनाएको छ।  

प्रहरीले आज बिहान करिब ७ बजे स्थानीय नवज्योति सामुदायिक वनभित्रको खोल्सामा मा भान्जालाई मृत अवस्थामा फेला पारेको हो।  

माछा मार्न जाने क्रममा दुवै जना विद्युतीय करेन्ट प्रवाह भएको तारमा परेको प्रहरीको भनाइ छ ।

करेन्ट

विशेष