News

प्रधानमन्त्रीको २६ दिनमा चौंथो पटक डायलसिस

प्रधानमन्त्रीको २६ दिनमा चौंथो पटक डायलसिस

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीको रगतमा भएको क्रियाटिनिनको स्तर नियन्त्रण गर्न आइतबार साँझ चौथोपटक हेमोडायलसिस गरिएको छ । ग्रान्डी अस्पतालमा २६ दिनअघि उनको पहिलोपटक डायलसिस गरिएको थियो ।

नौ दिनअघि तेस्रोपटक डायलसिस गरिएको थियो । त्यतिखेर ओलीको मूत्रवाहिनी नली (युरेटर) अर्थात् मूत्राशय र मिर्गौलाबीचमा राखिएको ‘स्टेन्ट’ समेत निकालिएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक दिव्यासिंह शाहका अनुसार ओलीको ‘रुटिन’ डायलसिस भएको हो । ‘उहाँ (ओली) ठीक हुनुहुन्छ,’ डा. शाहले कान्तिपुरसित भनिन् ।

गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा छन् । उनको रगतमा क्रिएटिनिनको स्तर वृद्धि भएपछि मिर्गौलाको सम्भावित समस्या आकलन गर्दै करिब ६ महिनायता कुनै न कुनै रूपमा उपचार जारी छ ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।  

केपी शर्मा ओली डायलसिस

विशेष