News

प्रदेश २ मा आइतवार सार्वजनिक बिदा

प्रदेश २ मा आइतवार सार्वजनिक बिदा

जनकपुरधामः छठ पर्वको अवसरमा प्रदेश–२ सरकारले कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिएको छ । यस पटकको छठ पर्व शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ ।

यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै बिदा दिँदै आएको थियो । छठ पर्व कठोर पर्व भएको र दुबै दिन बिदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेण्डरमा छठमा दुई दिन बिदा दिने उल्लेख गरेको छ ।

शनिबार स्वतः बिदा हुने भएपनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबारसमेत प्रदेश सरकारले बिदा दिएको छ ।

जनकपुरधाम सार्वजनिक बिदा छठ पर्व प्रदेश २

विशेष