News

प्रेमलाई उमेरले छेकेन, ६७ बर्षीय बृद्धको २१ बर्षिया युवतीसंग विवाह (भिडियोसहित)

प्रेमलाई उमेरले छेकेन, ६७ बर्षीय बृद्धको २१ बर्षिया युवतीसंग विवाह (भिडियोसहित)

इलाम । बाँच्नु मात्र पर्छ अनेक थरि देख्न र सुन्न पाईन्छ भनेको सायद यहि नै होला । बेलाबखतमा पत्याउन पनि नसकिने घटनाहरु देश बिदेशमा घटिरहेका हुन्छन।  मानिस जतिसुकै बुढो भए पनि मन कहिल्यै बुढो हुन्न भनेझैँ इलामका एक जना ६७ बर्षीय बृद्धले २१ बर्षिय युवतीसंग विवाह गरेका छन।  

पूर्वी नेपालको इलाममा बस्ने ६७ बर्षीय सिंह प्रसाद लिम्बु नाम गरेका ति बृद्धले झन्डै आफु भन्दा ४७ बर्ष कान्छी २१ बर्षिया पुजा लिम्बुसंग गत वर्ष विवाह गरेका हुन्।  

सामान्य बोलचालबाट सुरु भएको प्रेम सम्बन्धमा एक दिन कुरैकुरामा सिंह प्रसादले पूजालाई विवाहको प्रस्ताव राखेको र पूजाले पनि त्यसलाई सहजै स्वीकारेकी थिइन । पुजा जन्मजातै अलि अस्वस्थ छिन उनको एउटा हात सानो छ तर पनि उनि हरेक काम गर्न पोख्त छिन ।

सिंहप्रसादको यो पहिलो विवाह भने होइन उनले पूजा भन्दा पहिले पनि ४ जनासंग विवाह गरिसकेका छन ।  उनका पहिलेका ४ ओटी श्रीमतीहरु केहि पोईला गएको र केहीको मृत्यु भएको हो। 

'यति बुढोसंग किन विवाह गरेको भनेर'  प्रश्न गर्दा ' उमेरका ठिटाहरुले धोका दिन्छन बुढो मान्छेसँग विवाह गर्दा धोका दिदैनन पक्का हुन्छन भनेर विवाह गरेको' पूजाले जनाइन ।  सिंहप्रसादको ढल्किदो उमेरसंगै जीवनमा साथ दिनका लागि २ ओटा बच्चा जन्माउने  यी दम्पतिको योजना रहेको छ।  

     


 

 

  

विवाह

विशेष