एक केजी सुन बरामद, दुई महिला पक्राउ
रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीबाट अवैध रूपमा सुन ल्याउँदै गर्दा दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका ममाया तामाङ र छोमाया तामाङ रहेका छन् ।
सोमबार बिहान चीनको केरुङबाट अवैध रूपमा ल्याइएको १ केजी सुन सहित दुई महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । केहीबेरमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने प्रहरीले जनाएको छ ।