News

प्रचण्डले दिए प्रदेश ३ काे नाम र राजधानीका विषयमा यस्ताे सुझाव

प्रचण्डले दिए प्रदेश ३ काे नाम र राजधानीका विषयमा यस्ताे सुझाव

काठमाडाैँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रदेश ३ को राजधानी र नामबारे सुझाव दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलसहितको टोलीलाई पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले नाम र राजधानीबारे खुलेरै सुझाव दिएका हुन्।

अध्यक्ष प्रचण्डले स्थायी राजधानी हेटौडा र नाम बागमति राख्न सुझाउनु भएको स्रोतले बताएको छ । मुख्यमन्त्रीसहित प्रदेश सांसदहरुसँगको छलफलपछि अध्यक्ष प्रचण्डले आज आयोजित कार्यक्रममा केही दिनभित्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुंगिने बताए ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा हेटौंडामा कार्यकर्ता तथा सञ्चारकर्मीहरुसँग संक्षिप्त भेटघाटको क्रममा अध्यक्ष प्रचण्डले प्रदेश संरचनाहरुको नामाकरण र स्थायी राजधानी टुंग्याउने विषय टुंग्याउने विषयमा प्रदेश सरकारलाई सहयोग गर्न आफू तयार रहेको बताए । ‘कतिपय प्रदेशहरुले नामाकरण र स्थायी राजधानी टुंग्याइसकेका छन् । बाँकी रहेकाहरुको अब केही दिनभित्र टुंगिन्छ । म प्रदेश सरकार र सभालाई आवश्यक सहयोग गर्नेछु । अब यस विषयलाई दुविधामा राख्नुहुँदैन,’ प्रचण्डको भनाइ थियो ।

दाहालले पार्टी र सरकारमा दुईवर्षदेखि देखिएको संक्रमणकाल सकिएको जानकारी पनि उनले दिए। ‘दुई वर्षदेखि पार्टी–सरकारमा देखिएको संक्रमणकाल टुंगिएको छ । पार्टीमा रहेका दुईजना अध्यक्षले कार्य्विभाजन गरेका छौं । धेरै कन्फ्युजहरु हटेका छन् । अब विकासको कामले तीब्रता पाउनेछन,’ अध्यक्ष प्रचण्डले भने, ‘संविधानअनुसार तोकिएको समयभित्र बनाउनुपर्ने ऐनहरु तयार भएका भएका छन् । अब संक्रमणकाल छैन । कर्मचारी समायोजनलगायतका विषयहरु टुंगिएका छन् ।’

विशेष