दलको छहारीमा मेडिकल कलेजको मनपरी

दलको छहारीमा मेडिकल कलेजको मनपरी

काठमाडौँ।  एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीबाट विभिन्न शीर्षकमा निजी मेडिकल कलेजले बर्सेनि करोडौं असुल्छन्। कलेज प्रशासनले शुल्कको विषय सार्वजनिक गरे निष्कासनको धम्की दिन्छ। अभिभावक निरीह हुँदै तिर्छन्। सन्तानको भविष्य सम्झँदै तैं चुप मैं चुप रहन्छन्।

पाँच वर्षदेखि यो शृंखला जारी छ। त्रिवि पूर्वउपकुलपति प्रा.केदारभक्त माथेमा मेडिकल कलेजले मुनाफामुखी धन्दा चलाएको बताउँछन्। ‘सबै मेडिकल कलेजले नाफा कमाइहाल्छन्। सकेसम्म धेरै मुनाफा आर्जन गर्ने प्रतिस्पर्धा भइरहेको छ। एकैचोटि पैसा कमाउन ध्यान गएको छ’, उनले भने।

सरकारको भूमिका कमजोर भएको र भित्रभित्रै कलेज सञ्चालकसँग अनुचित सम्बन्ध राख्ने गरेको प्रा. माथेमाको दाबी छ। उनले भने, ‘व्यक्ति वा पार्टीले पैसा कमाउने ठाउँ पनि मेडिकल कलेज हुन पुग्यो। त्यही भएर नियमकानुन तोेडेर कलेजले रकम असुलेका हुन्।’

यो समाचार आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ।  

संम्बधित खबर

विशेष