News

भ्रमण वर्ष २०२० को योजना: रङ्गशालाबाट शुभारम्भ, पर्यटकलाई ‘सरप्राइज’

भ्रमण वर्ष २०२० को योजना: रङ्गशालाबाट शुभारम्भ, पर्यटकलाई ‘सरप्राइज’

काठमाडौँ ।  भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने उक्त कार्यक्रममा ४० भन्दा बढी देशका पर्यटन मन्त्रीलाई समेत अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी गरिएको छ ।

काठमाडौँका विभिन्न स्थानबाट एकैपटक झाँकी प्रदर्शनी पनि हुने योजना बनाइएको छ । कार्यक्रममा विभिन्न देशका मेयरलाई पनि अतिथिका रूपमा निम्तो दिइनेछ । राजधानीबाहेक देशैभर प्रदेश र स्थानीय तहमा पनि औपचारिक उद्घाटन कार्यक्रम गर्ने निर्णय समितिले गरेको छ ।

भ्रमण वर्षका अवसरमा नेपाल भित्रिने पर्यटकलाई अलि फरक तरिकाबाट स्वागत गर्ने निर्णय पनि समितिले गरेको छ । खासगरी काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भित्रिने पर्यटकलाई हात्ती प्रयोग गरेर स्वागत गर्ने योजना बनाइएको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।  

भ्रमण वर्ष २०२०

विशेष