News

दशगजा पारी खुल्लमखुल्ला लागुपदार्थ, वारी मदिरा विक्रि वितरण

दशगजा पारी खुल्लमखुल्ला लागुपदार्थ, वारी मदिरा विक्रि वितरण

लहान ।  सिरहासँग सिमा जोडिएका भारतिय क्षेत्रमा खुल्लामखुल्ला लागुपदार्थ विक्रिवितरण भईरहेको छ । भारतसंग जोडिएका सिरहाका सीमा क्षेत्रमा भने खुल्लामखुल्ला मदिरा विक्रि वितरण भईरहेको हेर्न कुनै आईतवार कुर्नु पर्दैन ।

अझ रोचक त के छ भने भारतिय सीमामा नेपाली दुव्र्यासनीहरु हुलबाँधेर लागु पदार्थ सेवन गरिरहेको अवस्थामा भेटिन्छन् भने नेपाली सीमा माखोलिएका बग्रेल्ति होटलहरुमा साँझ नपर्दै भारतियहरु समूहसमूहमा मदिरा सेवन गरिरहेको अवस्थामा भेटिन्छन् ।

सिरहासँग जोडिएका लौकाहा, पिपराही, ललमनिया, जयनगर, लदनिया, डुवरवना लगायत भारतिय नाकामा नेपाली दुव्र्यसनीहरु खुल्लामखुल्ला रुपमा लागुपदार्थ सेवन गरिरहेको अवस्थामा देखिन्छन् भने भारतसँग जोडिएको सिरहाको ठाँडी, झाँझपटी, वडहरी, वरियारपटी, माडर लगायतका ठाउँहरुमा बग्रेल्ति खुलेका होटलहरुमा भारतियहरु खुल्लामखुल्ला मदिरा सेवन गरिरहेका दृष्यप्रशस्त देख्न पाईन्छ ।

यो समाचार आजको नेपाल समाचारपत्रबाट लिइएको हो।  

दशगजा

विशेष