News

अब काठमाडौंबाटै देखिने छन् हिउँचितुवा!

अब काठमाडौंबाटै देखिने छन् हिउँचितुवा!

काठमाडौंः माथिल्लो डोल्पाको दुर्गम हिमाली क्षेत्र भिजेर । सदरमुकाम दुनैबाट पुग्न ४ दिनको बाटो । करिब ५ हजार मिटर उचाइ । त्यही सुन्दर हिमाली क्षेत्रमा रमाइरहेका दुई हिम चितुवालाई अब काठमाडौंको बबरमहलबाटै देख्न सकिने भएको छ । ती चितुवाको घाँटीमा ‘स्याटेलाइट रेडियो कलर’ जडान सफल भएपछि यस्तो सुविधा मिलेको हो । स्याटेलाइटले जीपीएसमार्फत ‘रियल टाइमबेस्ड इन्फर्मेसन’ कम्प्युटर पठाउँछ । 

प्राविधिकले यर्स साता प्राकृतिक बासस्थानमै हिउँ चितुवाको घाँटीमा रेडियो कलर जडान गरेका हुन् । यसले २ वर्षसम्म नियमित सूचना दिनेछ । ‘हिउँ चितवाले हिँडडुल गर्ने क्षेत्र, हिँडेको क्षेत्रफल, त्यहाँको तापक्रम आहार प्रजाति र तिनको बासस्थानको अवस्था बबरमलस्थित कार्यालयको डेस्कटपबार्ट अनुगमन गर्न सकिन्छ,’ राष्ट्रिय निकुञ्च तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी उपसचिव विष्णु श्रेष्ठले भने ।

स्याटेलाइटबाट सीधै जीपीएस पोइन्टका आधारमा हिउँ चितुवाका गतिविधि कम्प्युटर सूचना (एसएमएस) मार्फत प्राप्त हुने वन्यजन्तु पा्रविधिकहरु बताउँछन् । त्यस्ता हरेक सूचना ४ घण्टामा आउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो । 


 

काठमाडौं हिम चितुवा

विशेष