News

सरकारी अनुदानको चामल बीच बाटोमै गायब

सरकारी अनुदानको चामल बीच बाटोमै गायब

मुगु ।  नेपाल सरकारले नेपाल खाद्य संस्थानमार्फत दुर्गमका गाउँमा पठाएको खाद्यान्न बीच बाटोमै हराउने गरेको पाइएको छ। हुम्लाको सर्केगाड वितरण केन्द्रका लागि नेपाल खाद्य संस्थान सुर्खेत र मुगुको गमगढी वितरण केन्द्रबाट पठाइएको खाद्यान्न सम्बन्धित स्थानमा नपुगेको पाइएको छ।

खाद्य संस्थानको सहुलियत दरको खाद्यान्न ढुवानीको जिम्मा लिएका ठेकेदारहरूले सम्बन्धित वितरण केन्द्रमा खाद्यान्न नपुर्याएको स्थानीयको आरोप छ। खाद्यान्न नआएपछि स्थानीय खाद्यान्न जोहो गर्न मुगुको सोरू गाउँपालिका–८ मा रहेको तारापानी बजार र गमगढीमा पुग्ने गरेका छन्।

स्थानीयले हप्तौं लगाएर मुगु सदरमुकाम गमगढी र आसपासका बजारमा पुगेर भेडा–च्याङ्ग्रालाई खाद्यान्न बोकाएर ल्याउँदै आएका छन्।

यो समाचार आजको नेपाल समाचारपत्रमा वीरबहादुर बमले लेखेका छन।  

 

अनुदानको चामल

विशेष