News

क्यानाडा प्रलोभनमा २३ लाख ठगी

क्यानाडा प्रलोभनमा २३ लाख ठगी

कानेपोखरीः मोरङको कानेपोखरी–५ का २७ वर्षीय मनीष राजवंशी र २० वर्षीय मनीष कार्की क्यानाडा जाने प्रलोभनमा परी ठगिएका छन् ।

राजवंशी र कार्कीले गत वर्षको माघमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वार्ड नं. ९ एकता बस्ती बस्ने असीम गुरुङलाई क्यानडा पठाउने सर्तमा २३ लाख रुपैयाँ बुझाएका थिए । 

राजवंशी र कार्कीले पटक–पटक ताकेता गर्दा पनि गुरुङले क्यानडा नपठाएपछि उनीहरू यतिबेला कानूनी सहयोग खोजिरहेका छन् । राजवंशी र कार्की छिमेकी हुन् ।

भदौ १० गते सम्ममा क्यानडा पठाउने वचन दिएका गुरुङले प्रयोग गर्ने ३ वटै मोबाइलको फोन स्वीच–अफ भएपछि उनीहरूको क्यानडा जाने जाने सपना तुहिएको हो । कार्की र राजवंशीले २३ लाख ठगिएको बताए पनि उनीहरूसँग ५ लाख रुपैयाँ बुझाएको कागजात मात्र छ ।

ठगी क्यानाडा प्रलोभन

विशेष