अब हेलिकोप्टर र हवाईजहाजबाट पाथिभरा र हलेसीको दर्शन

काठमाडौंः नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पूर्वको प्रसिद्ध धार्मिकस्थल हलेसी र पाथिभराको दर्शनका लागि हवाई सेवा सञ्चालनमा ल्याइने भएको छ ।
विराटनगरबाट हवाइजहाज र धरानबाट हेलिकोप्टरबाट दर्शनमा जाने भक्तजनलाई लगिने छ । सीता एयर र माउन्टेन हेलिकोप्टर कम्पनीले प्रदेश–१ का धार्मिक तथा पर्यटकीय स्थलहरुलाई केन्द्र बनाएर उडान भर्ने भएका हुन् ।
यही मंसिर २७ गतेदेखि ताप्लेजुङको पाथिभरा र खोटाङको हलेसीलाई केन्द्र बनाएर दुवै कम्पनीले उडान भर्ने तयारी गरेका छन् । यो समाचार आजको कारोबार दैनिकबाट लिइएको हो ।
नेपाल भ्रमण भ्रमण वर्ष २०२० हलेसी पाथिभरा