कुन बार जन्मिएका मानिस कस्तो, अब जन्मबारबाटै थाहा पाउनुहोस् आफ्नो भाग्य
ज्योतिषशास्त्रका अनुसार हरेक मानिसको स्वभाव र भविष्य उसको जन्मबारको आधारमा पनि निर्धारण गर्ने गरिन्छ । हिन्दु धर्म अनुसार पनि मानिसको जन्म समय, तिथि, बार, स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ । यसै संदर्भमा आज हामी कुन बार जन्मेका मानिसको आचरण, स्वभाव तथा भविष्य कस्तो हुन्छ भन्ने बारेमा बताउन जादैछौं आउनुहोस
आइतबार
आइतबार जन्मिएका मानिसहरु अरुको सहयोग गर्ने, रिसालु , बुद्धिवान र सकारात्मक सोच भएका हुन्छन । धेरै साथी बनाउने, कला, साहित्य तथा लेखनको क्षेत्रमा बिशेष रुचि राख्ने स्वभावका हुन्छन आइतबार जन्मिएका मानिसहरु । यस्ता मानिसहरु धनवान हुने र प्रेम बिवाह हुने पनि ज्योतिषशास्त्रमा उल्लेख छ ।
सोमबार
सोमबार जन्मिएका व्यक्तिहरुको समरण शक्ति निकै नै तेजिलो हुन्छ । यिनीहरु झट्ट रिसाईहाल्ने स्वभावका हुन्छन तथापी पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्न सफल हुन्छन् । यस बार जन्मिने महिलाहरु केयरिंग र मायालु हुन्छन भने पुरुषहरु अलि बढी लोभी हुन्छन जसले गर्दै यिनीहरुले सानो सानो कुरामा पनि श्रीमतीको गाली खानुपर्ने हुन्छ । यो बार जन्मिएका मानिस सौन्दर्यमा निकै ध्यान दिन्छन् । सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
मंगलबार
मंगलबार जन्मिएका मानिसहरु निकै नै बहादुर, स्मार्ट र एक्टिभ हुन्छन । एकाग्र भई कुनै पनि काम गर्ने, अरुको सहयोग गर्ने, इमान्दार र सफा मनको हुन्छ न। मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ । यिनीहरु विलासी जीवन बिताउन चाहने भएकाले लत्ता कपडा, गाडी, घरलगायतका कुरामा बढी सौखिन हुन्छन ।
बुधबार
बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । यिनीहरु योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् । यो बार जन्मिएका मानिस सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् । यिनीहरु हतपत रिसाई नहाल्ने तर रिसाई हालेको खण्डमा सम्हाल्न नसक्ने हुन्छन।
बिहीबार
बिहीबार जन्मिएका मानिसहरु शान्त, शुशिल र समझदार हुन्छन। यिनीहरुमा नेतृत्व गर्न सक्ने क्षमता पनि हुन्छ । बिहिबार जन्मिएका मानिसका धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् । बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।
शुक्रबार
शुक्रबार जन्मिएकाहरु आकर्षक हुन्छन । शुक्रबार जन्मिएकाहरुको सम्पति अधिक भएपनि वचत कम हुन्छ । यिनीहरु खर्चालु स्वभावका हुन्छन् । यिनीहरुसंगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । मायालु स्वरका कारण धेरैको मन मष्तिस्कमा बस्न सफल हुन्छन । सम्बन्धमा सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
शनिबार
शनिबार जन्मिएका मानिसहरु निकै नै ज्ञानी, जिम्मेवार र बौद्धिक हुन्छन । यिनीहरु विलासी जीवन बिताउन चाहन्छन। यिनीहरु अलि बढी नै जिद्धि हुन्छन आफुले चाहेको कुरा पाउनका लागि उनीहरु जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तत्पर रहन्छन। शनिबार जन्मिएकाहरुको साथी सर्कल अति नै कम हुन्छ ।यिनीहरुको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् । शनिबार जन्मिएका मानिस सफल हुन्
स्वभाव जन्मबार