छोराको कुटाइबाट आमाको मृत्यु

कपिलवस्तु– कपिलवस्तु नगरपालिकामा छोराले कुटपिट गरी आमाको हत्या गरेका छन् । कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका हुन् ।
सुरेन्द्रले मादकपदार्थ सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ ।
मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, कपिलवस्तुमा राखिएको छ । सुरेन्द्र फरार छन् । उनको खोजी भइरहेको प्रहरीले बताएको छ ।
सँगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गरिरहने गरेको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताएका छन् ।
कपिलवस्तु कुटपिट हत्या