विदेश

दिल्लीमा संकटकाल घोषणा

दिल्लीमा संकटकाल घोषणा

एजेन्सी । भारतको नयाँदिल्लीमा प्रदूषणको मात्रा अत्यधिक भएपछि सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गर्दै प्रदूषणबाट सर्वसाधारणलाई जोगाउन लाखौंको संख्यामा मास्क वितरण गरेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा मात्र ५० लाख मास्क वितरण गरिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार वायुमा मसिना धूलोका कण (पीएम) को मात्रा प्रति घनमिटर २.५ हुनु पर्ने तोके पनि नयाँ दिल्लीमा अहिले ५३३ माइक्रोग्राम भएको जनाइएको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनले यस्ता कणको मात्रा २४ घण्टामा सरदर २५ पीएम माथि हुन नहुने तोकेको छ । सो हेर्दा नयाँ दिल्लीको प्रदूषणको मात्र अत्यधिक हो । नयाँ दिल्लीको वायुप्रदूषणको मात्र निकै गम्भीर अबस्थामा पुगेपछि भारतीय सर्वोच्च अदालतले नयाँ दिल्ली र दुई छिमेकी राज्यमा प्रदूषण बढाउने खालका धेरै गतिविधीमा प्रतिवन्ध लगाएको छ ।

हालै उच्च अदालतले सबै खाले निर्माण कार्यलाई एक हप्तासम्म रोक्न र आगोसम्बन्धी कुनै पनि गतिविधीमा रोक लगाएको छ । त्यसैगरी शहरी क्षेत्रका विद्यालयहरूलाई अर्को मंगलबारसम्म बन्द गरिएको छ ।
 

विशेष