News

सागका खेलाडीलाई अर्थमन्त्रीले सम्बोधन गर्ने

सागका खेलाडीलाई अर्थमन्त्रीले सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका कारण १३ औंँ दक्षिण एसियाली खेलकुदमा सहभागी हुने खेलाडीलाई अर्थमन्त्री युवराज खतिवडाले सम्बोधन गर्नु हुने भएकाे छ ।

मंगलबार बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्बोधन गर्ने र त्यसपछि रंगशालाको निरीक्षण गर्ने कार्यक्रम थियो । अस्पताल भर्ना भएका कारण उहाँकाे सट्टा अर्थमन्त्री खतिवडाले कार्यक्रम सम्बोधन गर्न लाग्नुभएको हो । 

कार्यक्रममा खेलाडीका लागि पुरस्कारमा पनि विशेष प्याकेजको घोषणा गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सम्बोधनका लागि पोखरा तथा जनकपुरलगायतका ठाउँमा अभ्यासरत खेलाडी समेत काठमाण्डाै आएका छन् । प्रधानमन्त्री ओलीको सम्बोधनका लागि पोखरामा प्रशिक्षणमा रहेको महिला फुटबलसंगै भलिबल टोली पनि सोमबार साँझ नै काठमाण्डौ आइपुगेका छन् ।

युवराज खतिवडा अर्थमन्त्री

विशेष