News

डाक्टरलाई ठक्कर दिने बस र बसका चालक रामेछापबाट पक्राउ

डाक्टरलाई ठक्कर दिने बस र बसका चालक रामेछापबाट पक्राउ

काठमाडौँ । आइतवार विहान मर्निङ्ग वाकका क्रममा निस्केका डाक्टरलाई संसद भवनको दक्षिण गेट अगाडि ठक्कर दिएर भागेको बस र बसका चालकलाई प्रहरीले रामेछापमा पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बा३ख ६१४ नम्बरको उक्त यात्रुबाहक बस रामेछापमा पक्राउ गरिएको हो। दुर्घटना क्षेत्रको सिसिटिभी फुटेज अनुसन्धानबाट डाक्टरलाई ठक्कर दिने सवारीसाधन त्यही भएको किटान गरिएको छ। तर, बस चालकले सो कुरा स्वीकार गरेका छैनन्।

‘पैदलयात्री (मृतक) सँगसँगै सो गाडी क्रस भएको देखिन्छ, मृतक सडक पारि गएको देखिँदैन,’ परिसर प्रवक्ता होविन्द्र बोगटीले भने, ‘त्यसकारण दुर्घटनामा संलग्न सवारी त्यही हो भन्ने किटान गरिएको छ।’ प्रहरीले गाडी र चालकमाथि अनुसन्धान गरिरहेको छ।  

गाडी चालकको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।  बानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर ७२ वर्षीय प्रभु जोशीलाई आइतबार बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट उनको  घटनास्थलमा नै मृत्यु भएको थियो ।  

 

बानेश्वर बस दुर्घटना

विशेष