अत्याधिक रक्तश्रावका कारण सुत्केरी महिलाको मृत्यु
बाजुरा । जगन्नाथ गाउँपालिका ५ गोत्री सामुदायिक इकाइ केन्द्रमा सोमबार दिउँसो एकजना सुत्केरीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका ५ गात्रीकी ३५ वर्षीया पुल्ती रावल रहेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए। घरमै सुत्केरी भएकी रावल साल नझरेपछि अत्यधिक रक्तश्रावका कारण बेहोस भएकी थिइन्। 'बेहोस अवस्थामा पुर्याएकी उनको साल निकालेपछि रगत रोकिएको सामुदायिक स्वास्थ्य इकाइ गोत्रीमा कक्र्यरत अमर बुढाले जनाए ।
घाम ताप्दै बिस्कुट र एक गिलास चिया समेत खाएको केही छिनमा मृत्यु भएको बताइएको छ। यसै आर्थिक वर्षको भदौ महिनायता दुईजना सुत्केरी जिल्ला अस्पताल बाजुरा एकजना त्रिबेणी नगरपालिकाको छतारा स्वास्थ्य चौकी र एकजना सामुदायिक स्वास्थ्य इकाइ गोत्री गरी चारजना सुत्केरीको मृत्यु भईसकेको छ ।
पुल्ती रावल