सडकका खाल्डाखुल्डी दुई महिनामा पुरिने
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले फागुनभित्र काठमाडौंका सडकका खाल्डा पुर्न भौतिक पुर्वाधार मन्त्रालयलाई निर्देशन दिएका छन्।
विशिष्ट पाहुना आउँदा काठमाडौंका सडक रातारात चिल्ला हुने तर जनता हिड्ने बाटो कहिल्यै नबनेको असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।
चालु आर्थिक वर्ष २०७६र०७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले काठमाडौंलाई राजधानी जस्तो बनाउन भौतिकमन्त्री बसन्त नेम्वाङ्ग र मन्त्रालयका सचिवलाई निर्देशन दिएका हुन्।
मन्त्री नेम्वाङले दुई महिनाभित्र काठमाडौंका सडकका सबै खाल्डा पुर्ने वचन प्रधानमन्त्री ओलीलाई दिएको स्रोतले बतायो। ‘संघ, प्रदेश र काठमाडौं महानगरपालिका मातहतका सडकको वर्गीकरणगरी दुई महिनाभित्र काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्ने प्रतिबद्धता जनाउँछु,’ प्रधानमन्त्री ओलीसमक्ष मन्त्री नेम्वाङ्ले भनेका थिए।
यो समाचार अन्नपुर्ण पोस्ट दैनिकबाट लिइएको हो
सडक मर्मत