News
घूस लिने सूचकविरुद्द आरोपपत्र दायर
काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार नाकाबाट सामान ल्याउन सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएका आरोपमा राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय सप्तरीमा दरबन्दी रही सूचक पदमा कार्यरत धर्मेन्द्रकुमार झाविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
भन्सार नाकामा सहजीकरण गर्ने भन्दै निजले सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो । निजलाई भ्रष्टाचार निवारण ऐनबमोजिम घुस रकम बराबरको बिगो माग दाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।